अपहरण अभियोगमा दुई चिनियाँसहित ४ जना पक्राउ

काठमाडौँ, २३ पौष । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना चिनियाँ नागरिकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुधबार ठमेलबाट चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामालाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो । उनीहरुले १९ पुसमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरि एको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको सदियौंदेखीको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न

सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी (जसप)का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध