भेरी नदीमा बस खस्यो: १ जनाको मृत्यु, २ जना घाइते

सुर्खेत, २३ पौष । सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा  १ जनाको मृत्यु भएको छ, २ जना गम्भीर घाइते भएका छन् ।

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।  प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्