संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउनु प्रचण्ड–नेपाल पक्षको महाभूल


काठमाडौँ, २३ पौष । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफ्नै दलका नेतामाथी संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउनु प्रचण्ड–नेपाल पक्षको महाभूल भएको बताएक छन ।

उनले आफु पार्टीभित्र प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोध गुटमा भएपनि अविश्वासको प्रस्ताव ल्याउन पटक पटक रोकेको स्पष्ट बताएका छन ।

राष्ट्रिय सभा बैठकलाई पहिलो पटक सम्बोधन गर्दै नेता गौतमले आठ नौ महिना पहिलादेखी अविश्वासको प्रस्ताव ल्याउन खोजेपनि असफल बनाएको बताए । उनले भने, ‘अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने यस्तो किसिमको काम होला भनेर सोचेको थिइन्’, ‘गएको आठ नौ महिना देखि मैले निरन्तर आलोचना गर्ने समुहमा बसेर पनि पार्टी एकता जोगाउनका निम्ति अविश्वासको प्रस्तावलाई असफल गराएको थिए । म त्यसमा सामेल हुन सक्दैन भनेको थिए ।’

पछिल्लो पटक आएको अविश्वासको प्रस्तावका विषयमा आफुलाई थाहा नदिएको गुनासो गरे । प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । नेता गौतमले ऋषि कट्टेलको नेकपाको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट कट्टेलको पक्षमा निर्णय भएमा नेकपाको एउटा पक्ष एमाले र अर्को पक्ष माओवादी केन्द्र बन्न सक्ने बताए । आफू फेरि पनि एकता कायम गर्न लागिरहेको बताए ।

उनले भने, ‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदम हो, ‘सर्वोच्चको संवैधानिक इजलासमा लगेपछि यो संवैधानिक विषय हो, यसमा असंवैधानिक कदम भन्न मिल्दैन, यसो भनियो भने संविधानविरुद्धमा हुन जान्छ। असंवैधानिक भन्यो भने राजनीतिक रुपमा अपमान हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक