सिन्धुली, २२ पौष । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अझै औपचारिक रुपमा विभाजन नभएपनि विभाजनको संघारमा पुगेको बताएका छन ।
आज सिन्धुलीमाढीमा नेकपाका अध्यक्ष केपी शर्मा ओली समुहका कार्यकर्ता भेटघाटका क्रममा बोल्दै उनले वैशाखमा प्रतिनिधी सभाको निर्वाचन भएरै छाड्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको जनतासामु जान ताजा जनादेशसँगै वैशाख १७ र २७ गते प्रतिनिधी सभाको निर्वानका लागि देशका चारवटै सुरक्षानिकाय र निर्वाचन आयोगसँग छलफल गरि उहाँहरु तोकीएकै समयमा निर्वाचन सम्पन्न गर्ने तयारीमा लाग्नु भएको छ ।’
संसद विघटनमा सर्वाेच्चले सदर गर्ने विश्वास व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अझै औपचारिक रुपमा विभाजन नभएपनि विभाजनको संघारमा भने पुगिसकेको उनको भनाइ छ । उनले भने, ‘विभाजन भइहाले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन केपी शर्मा ओलीको पक्ष हो, त्यसैले जहाँ केपी शर्मा ओली त्यहाँ नेकपा र सुर्य चिन्ह हुनेछ ।’