काठमाडौँमा भारतीय नागरिकको हत्या

काठमाडौँ, २२ पौष । काठमाडौँमा भारत घर भएका टेलर व्यवसायीबीच झगडा हुदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बालाजु बाइपासमा मंगलबार राति दुई टेलर व्यवसायीबीच भएको विवादले उग्र रुप लिँदा अन्दाजी २३ वर्षका कलाम मियाँको मृत्यु भएको हो ।

अर्का टेलर व्यवसायी सुबोध शर्माले कपडा काट्ने कैँचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको राति साढे १० बजे निधन भएको प्रहरीले जनाएको छ ।

घटनापछि भागेका शर्मालाई प्रहरीले बुधबार बिहान फर्पिङ्गबाट पक्राउ गरेको छ । मृत्यु हुने मियाँ र आक्रमण गर्ने शर्मा दुवै भारतको मोतीहारीका बासिन्दा हुन् ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लहान, ९ माघ  । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय गोलबजार

बर्दिया, ९ माघ  । बर्दियामा आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, ९ माघ । काठमाडौँको टोखा नगरपालिका-३ मा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  महानगरीय ट्राफिक

फुङ्लिङ, ९ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा