माइनस १५ डिग्रीको चिसोमा मनाङको नार र फु गाउँका बासिन्दा

काठमाडौँ, २२ पौष । हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन् । दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम । घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ ।  

कोरोना कहर नहुँदो हो त यो बेला नार र फूका अधिकांश घर रित्तै हुन्थे । केही युवा मात्र गाउँमा हुन्थे । महिला, बालबालिका, वृद्धवृद्धा सहर (पोखरा, काठमाडौं, बेंसीसहर) झरेका हुन्थे । तर कोरोनाले यो पटक ती गाउँले सहर झर्नबाट रोकिए । हिमपात भएपछि दुर्गम ती गाउँका बासिन्दा चिसोले आहत छन् ।

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरीङ लामा भन्छन, ‘मुटु कमाउने चिसो छ । सोमबारदेखि हिउँ पर्न थालेको छ । तापक्रम रातमा माइनस १५ र दिनमा माइनस ७ डिग्री हुन्छ ।’ उनका अनुसार पोहोर–परार यो बेला धेरैजसो गाउँले जाडो छल्न सहर झरिसकेका हुन्थे । घर कुरेर बसेका सीमित व्यक्तिमात्र गाउँमा भेटिन्थे तर अहिले कोरोनाले गर्दा अधिकांश बासिन्दा गाउँमै रोकिएको उनले बताए । ‘बाहिरबाट हेर्दा त अरू समस्या केही छैन । दाउराको आगो ताप्ने, रासन खाने र बस्ने गरेको देखिन्छ । तर, हिँडडुल सकसपूर्ण छ । घरबाट बाहिर निस्कन पनि कठिन छ,’ उनले भने, ‘अहिले नै ५र६ इन्चसम्म हिउँ जमेको छ । योभन्दा बढी प¥यो भने त कठिन हुन्छ ।’ चिसो अधिक हुँदा गाउँमा खानेपानीको अप्ठेरो परेको लामाले सुनाए । ‘सबैतिर पानी जमेको छ ।  यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा