ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

भक्तपुर, २१ पौष । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुर प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६७८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ८२ ९७३७ नम्बरको स्कुटरलाई ठक्कर दिदा सूर्यविनायक–४, दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको हो ।

 ट्रकको पछाडिको चक्कामा परेर न्यौपाने गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा नागरिक अस्पताल, भक्तपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।