मोटरसाइकल चोरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ, २१ पौष । काठमाडौँको नयाँ बजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का आयुष थापा मगर र बालाजुबाट दोलखा भीमेश्वर नगरपालिका ३ घर भएका काठमाण्डौ रानीवन बस्ने रोशन लामिछानेलाई पक्राउ गरेको हो ।

आयुष थापा मगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाइकल र रोशन लामिछानेलाई वाग्मती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालो रातो रङ्गको २२० सी.सी. को पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाले यो महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि समातेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने कामलाई तीव्र बनाउन स्थानीय प्रशासनलाई

काठमाडौँ, ८ वैशाख । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने

काठमाडौँ, ७ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका