नेपाली सेनाको विभिन्न ११ पदमा भर्ना खुल्यो

काठमाडौँ, २१ पौष । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ ।

निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको हो ।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यसैगरी अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ । लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ । अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ ।

नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारत वितरण र संकलनको व्यवस्था मिलाइएको छ । दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९

shankar-pokharel

काठमाडौँ, ६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको

एजेन्सी, ६ माघ । भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । समाचार एजेन्सी

काठमाडौँ, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्