माधव–प्रचण्ड समूहद्वारा ‘अर्को पक्षको कार्यकर्तालाई भेटघाट छ’ भन्दै आफ्नो पक्षमा रहेको प्रचार

काठमाडौँ, २१ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धारमा विभाजन भई फुटको ढोका खोलीसकेको छ । जसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफु संस्थापन पक्ष रहेको दावी गरिरहनुभएको छ भने पुष्प कमल दाहाल प्रचण्ड तथा माधव नेपाल समुहले पनि आफु संस्थापन पक्ष भएको दावी गरिरहेको छ ।

एकता भंग वा पार्टी विभाजन के हुने भन्ने हालसम्म कुनै पनि आधिकारीक निर्णय हुन सकेको छैन । र तत्काल निर्णय भइहाल्ने पनि सम्भावना छैन । विवाद निरुपण गर्न निर्वाचन आयोगको नियम तथा राजनीतिक दल सम्बन्धीको नियमले पनि करिव दुई महिनाको हाराहारी लाग्ने देखिन्छ । सोही समयसम्म दुवै पक्षले कार्यकर्तालाई आफ्नो पक्षमा तान्ने होडबाजी चल्न थालेको छ । एक पक्षका नेता तथा कार्यकर्तालाई अर्को पक्षमा लैजाने होडबाजी चल्न थालेको हो । यो सँगै कार्यकर्ता समेत दोधार परेको देखिन्छ । आफु कुन समुहमा जाने भन्ने निर्णय गर्न नसक्दा राजनीतिक भविष्य समेत अन्यौलमा परेको देखिएको छ । नेकपाको फुट त करिव निश्चित नै भइसकेको छ । जुन केन्द्रीय तहदेखी स्थानीय तहसम्मका गतिविधिले प्रष्ट पारिसकेको छ ।

यसै क्रममा अनेरास्ववियू नवलपरासीका संयोजक तथा केन्द्रीय सदस्य शुसान्त शर्मा घिमिरेलाई पनि दुवै पक्षले आफ्नो बनाउने प्रयास भएका छन् । जसमा उहाँ केपी ओलीले नेतृत्व गरेको पार्टीमा रहने स्पष्ट पार्नुभएको छ । घिमिरेलाई माधव–प्रचण्डको समुहमा भित्र्याउने प्रयास स्वरुप अनेरास्ववियूका केन्द्रीय नेता तथा माधव समुहका सक्रिय कार्यकर्ता सुदेश पराजुलीले विशेष भूमिका निर्वाह गरी झुट प्रचार गराएको पाइएको छ ।

अखिलका नेता पराजुलीले संयोजक घिमिरेलाई राजनीतिक भेटघाट छ भन्दै एक ठाउँबाट अर्को ठाउँमा पुर्याई विभिन्न आश्वास दिई फकाएको तथ्य खुल्न आएको छ । पराजुलीले घिमिरेलाई भैरहवाबाट सुरेन्द्र पाण्डेसँग भेटघाट छ चितवन ल्याउनुभएको थियो । चितवनमा पाण्डेसँगको भेटघाट पछि पाण्डेले काठमाडौँमा माधव नेपालसँग भेटघाट गर्नुपर्छ भनि काठमाडौँ ल्याई विभिन्न आश्वासन दिई गुट परिवर्तन गर्न आग्रह गरेको तथ्य खुलेको राष्ट्रिय युवा संघ नेपाल नवलपरासीका इन्चार्ज रमेश पौडेलले जानकारी दिनुभयो ।

नेता नेपालसँगको भेटघाट पछि संयोजक घिमिरे आफ्नो टिमको नेता भएको भनि प्रचार गरेकोमा आपत्ती जनाउनुभएको छ । संयोजक घिमिरेले आफ्नो सामाजिक सञ्जालमा आफु संस्थापन पक्ष/केपी ओली पक्षमा नै रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘म आफनो विचारमा अबिचलित छु ! फरक धारका नेताहरु संग भेटेर फोटो खिचेकै कुरालाई अतिरंन्जित गर्दै मेरो राजनीति विचार माथि नै असर पर्ने गरी अपव्याख्या गरि वजार हल्ला गरेको देख्दा सुन्दा अचम्म लाग्यो ! अनेरास्ववियू विधार्थी संगठनको लामो संघर्षपछि केन्द्रीय कमिटीको सदस्यमा मलाई मनोनित गर्नु हुने आदरणिय केन्द्रीय कमिटीका कमरेडहरु र यस भुगोलबाट मलाई केन्द्रीय कमिटिमा मनोनयन हुन सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै मलाई आएका सम्पूर्ण जिम्मेवारी कुशलता पुर्वक निभाउँदै नवलपरासी विद्यार्थी आन्दोलनमा थप जोस जाँगर र थप उत्साह सहित काम गर्ने प्रतिवध्दता सहित सम्पूर्णमा जानकारी गराउँदछु !

जनताको वहुदलिय जनवाद जिन्दावाद !!
शुसान्त शर्मा घिमिरे
अनेरास्ववियू नवलपरासी संयोजक र अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको सदियौंदेखीको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न

सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी (जसप)का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध