गाँजासहित एक जना पक्राउ

रौतहट, २० पौष । इलाका प्रहरी कार्यालय गरुडाले ५ किलो लागु औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ ।

गरुडा नगरपालिका वडा नम्बर २ स्थित गेडही बिनाग्रा जाने सडक प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ना ५६ प २६५५ नम्बरको मोटर साइकलमा सवार चन्द्रपुर नगरपालिका वडा नम्बर ७ सुकुमवासी टोल बस्न २९ वर्षिय रामविश्वास सहनीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सहनीको शरीर तलासी गर्दा उनले पछाडी भिरेको कालो रंगको झोलाभित्र प्लाष्टिकमा पोका बनाइ राखेको अवस्थामा सो परिमाणको गाजा बरामद भएको हो ।

पक्राउ परेका सहनीलाई रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद गरि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा