‘अनटेस्ट’ ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बैतडी, २० पौष । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

डडेल्धुराबाट बझाङतर्फ गइरहेको बिनानम्बरको अनटेस्ट ट्याक्टर आज बिहान २ बजे बैतडीको सिगास गाउँपलिका- ९ बाजपानीमा दुर्घटना हुदा बझाङको बित्थडचिर गाउँपालिका वडा नं ४ का ४० वर्षीय जित बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै घाइते हुनेमा चालक समेत रहेका बझाङको बित्थडचिर गाउँपालिकाकै वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा, ट्याक्टरमा सवार बित्थडचिर वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा रहेकाे खोडपे प्रहरी चौकीले जनाएको छ ।

चालक नरेन्द्र महराका दुवै खुट्टा भाँचिएका छन् भने कृष्ण बोहराको खुट्टामा चोट लागेको हो । ट्याक्टर सडकबाट १ सय ७८ मिटर तल खसेको खोड्पे प्रहरीले चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ वैशाख । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण