काठमाडौँ, २० पौष । रोकिराखेको ट्रिपरमा ठोक्किएर बौद्धमा एक जना स्कुटर चालक गम्भीर घाइते भएका छन् ।
बा २ प ६२ नम्बरको ट्रिपरमा बौद्ध टुसालका फूर्वा शेर्पाको बा ९२ प १६६४ स्कुटर ठोक्किएको हो ।प्रहरीका अनुसार आफन्तको घरमा सामान छाड्न ट्रिपर रोकिएको बेलामा पछाडीबाट आएर स्कुटर ठोक्किदा दुर्घटना भएको हो ।
प्रहरीले ट्रिपर चालक राकेश तामाङलाई नियन्त्रणमा लिएको छ भने घाइते चालक शेर्पालाई वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको छ ।