‘न्यायको पर्खाइ’ को चित्रकला प्रदर्शनी (फोटोफिचर)

काठमाडौँ, १९ पौष । गङ्गामाया अधिकारीले न्यायको लागि सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ ।

१२ वर्ष अगाडि तत्कालिन माओवादी समुहले उहाँका छोरा कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या गरेको भन्दै उहाँले त्यसपछिको आफ्नो समय न्यायको माग गर्दै बिताउनुभएको छ ।

दुइ वर्ष अगाडि कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको छ । हालसम्म पनि दोषी पत्ता लागेको अवस्था छैन । त्यसैगरी रुपन्देहकी १३ वर्षिया बालिका अङ्गीरा पासीलाई बलात्कारीको साथ लगाएर पठाउँदा आत्महत्या गर्नेसम्मको स्थिति सृजना भयो । २५ वर्षका विरेन्द्र भरले पासीको बलात्कार गरेपछि स्थानियले उसैलाई जिम्मा लगाएर पठाए । पासीलाई दलित युवती भन्दै भरका घर परिवारले नस्वीकार्दा बालिकाले नजिकैको रुखमा पासो लगाएर आत्महत्या गरिन् ।
सन् २०२०मा त्यस्ता अमानवीय र मानवअधिकार हननका २० वटा घटनालाई समेटेर शान्तिका लागि साझा अभियान(कोक्याप) ले चित्रमार्फत न्यायको पर्खाइमा रहेका प्रतिनिधिमुलक घटना सार्वजनिक गरेको छ ।

कोक्यापले न्यायको पहुँचको सवाललाई उजागर गर्न न्याय नपाएका हिंसा र मानवअधिकार हननको घटनाका पीडित प्रतिनिधी पात्रहरुलाई चित्रमा उतारेको कोक्यापका अध्यक्ष रोशना खड्काले जानकारी दिनुभयो । कोक्यापले कोही पनि अन्यायमा पर्नुहुन्न, यस्ता घटनालाई राजनीतिक रङ्ग नदिई निष्पक्ष छानविनलाई प्रोत्साहित गरौं, आज अर्कोलाई परेको समस्या भोलि आफैंलाई पनि पर्न सक्छ, हरेक नेपालीले न्याय पाउनु संबैधानिक हकको कुरा हो, न्यायबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोक्यापले राजधानीमा दस दिने चित्रकला प्रदर्शनीको आयोजना गरेको बताउनुभयो ।

कोक्यापका कार्यक्रम व्यवस्थापक सरोज नेपालले हिंसा र मानवअधिकार हननका घटना भएकै समयमा सञ्चारमाध्यममा धेरै समाचार, लेख÷रचना र सम्पादकीय समेत छापिन्छन् तर त्यसको निरन्तर खोजी भने भएको पाइदैन उहाँले भन्नुभयो ‘यस चित्रकला प्रदर्शनीको विशेष उद्देश्य त्यस्ता घटनालाई सञ्चारकर्मीले निरन्तर समाचारको माध्यमबाट खोजी गरुन्, र न्यायका लागि घचघच्याउन मद्दत मिलोस्, भन्ने नै हो’ ।

‘न्यायको पर्खाइ’मा शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीमा अधिकारी, पासी र पन्तसहित कोरोना सङ्क्रमणमा उपचार नपाई मृत्यु भएको मल्हार सदा, बलात्कारपछि हत्या गरिएका सम्झना कामी, जातिय विभेदको घटनामा हत्या गरिएको युवा नवराज विकलगायत २० वटा पात्रलाई प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा