काठमाडौँ, २८ मंसिर । थप ८ सय ३० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा थप ८ सय ३० जनामा कोरोना पुष्टि भएको हो । आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १५ सय डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ सय ९८ जना पुगेको छ ।