प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

काठमाडौँ, २८ मंसिर । ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति कलंकीमा लाइसेन्स बिना ना।४ ख ४८८६ नम्बरको भाडाको ट्रक चलाएर आउँदै गर्दा चेकिङकको क्रममा ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई पक्राउ गरिएको हो ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकोले विकलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।