बझाङ, २८ मंसिर । बझाङमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।
तलकोट गाउँपालिका-३ को किरकिट्या भन्ने स्थानमा बा ३ क ६०० नम्बरको नागार्जुन कस्ट्रक्सनको टिपर दुर्घटना भएको हो । टिपर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मनोज गाह मगर र मनोज भट्टलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक गोविन्द विष्ट, सहचालक भरत धामी र मजदुर नेत्रबहादुर अधिकारी सामान्य घाइते भएको र तीनैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।