कलंकी ट्रक दुर्घटना: मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ, २७ मंसिर । शुक्रबार साँझ कलंकीमा ब्रेक फेल हुँदा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।

थानकोटबाट कलंकी आउँदै गरेको मालबाहक ट्रक दुर्घटनामा थप एक जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३ जना पुगेको हो । दुर्घटनाग्रस्त ट्रक निकाल्ने क्रममा शनिबार बिहान किचिएको अवस्थामा थप एक जनाको शव फेला परेको हो । शवको पहिचान भने हुन सकेको छैन ।

प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक ब्रेक फेल भएर घरभित्र छिरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार ट्रकले किच्दा ओखलढुंगा घर भएका ३० वर्षीय शंकर दमाई (परियार) को घटनास्थलमै र रञ्जित कुमार चौधरीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । ट्रक ठोक्किएर घरभित्र पस्दा ट्रकमुनि मान्छे परेका थिए भने ट्रकले घरको भित्ता भत्काएका कारण अन्य मानिस पनि पुरिएको हुनसक्ने अनुमान गरिएको छ । ट्रक निकाल्ने काम भइरहेको छ ।

दुर्घटनामा घाइते हुनेमा ३० वर्षीय गणेश शर्मा, २२ वर्षीय साजन खत्री, धादिङ घर भएका ३६ वर्षीय रामचन्द्र सिंखडा, कलंकी घर भएका सुजन मानन्धर, बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ र कास्की घर भएकी सन्ध्या थिङ रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ट्रकले अन्य ६ वटा सवारी साधनमा क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्