सकारात्मक समाचार समाज परिवर्तनको आधार : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, २६ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनले सकारात्मक समाचारले समाज परिवर्तनमा भूमिका खेल्ने बताएका छन् ।

सञ्चारकर्मी दुर्गा अधिकारीद्वारा लिखित ‘समाज सञ्चार र राजनीति’ पुस्तकको आज सार्वजानिक गर्दै उनले सञ्चारमाध्यममा नकारात्मक समाचारले बढी स्थान पाउँदै गएको चर्चा गरे । ‘आजकाल निकै नकारात्मक कुराले मात्र सञ्चारमाध्यममा स्थान पाउन थालेका छन् यसले समाजलाई निराशाउन्मुख बनाउँछ, समाज परिवर्तनका लागि सकारात्मक समाचार आवश्यक हुन्छ, यसतर्फ ध्यान म आग्रह गर्छु,’ उनले भने ।

पत्रकारले नकारात्मक कुरा बाहिर ल्याउनु पर्छ भन्ने धारणाले गर्दा पछिल्लो समय सकारात्मक कामका समाचारहरु समेत ओझेलमा पर्दै गएको उनको भनाइ थियो । पुस्तकको समीक्षा गर्दै पत्रकार केशवशरण लामिछानेले अधिकारीको पुस्तक आजको राजनीतिक, सामाजिक र पत्रकारिताको अवस्था बुझ्न निकै उपयोगी रहेको बताए ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न समयमा लेखिएका लेखको सङ्ग्रहले तत्कालीन समयको चित्रण गर्ने हुँदा लेख सङ्ग्रह उपयोगी हुने विश्वास व्यक्त गरे । लेखक अधिकारीले आफूले विभिन्न समयमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा लेखिएका समसामयिक विषयका लेख समावेश गरी पुस्तक प्रकाशन गरिएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने