काठमाडौँ, २६ मंसिर । थप एक हजार ४४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १२ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ सय ७४ जना पुगेको छ ।