काठमाडौँ, २५ मंसिर । कलंकीमा ट्राफिक प्रहरीलाई पाँचसय रुपैयाँ घुसदिन खोज्ने बसका सह(चालक पक्राउ परेका छन् ।
खड्कुले पुल सडक-खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ४ ख ४० ७६ नम्बरको बसका सह(चालक राजु लामालाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गाडी रोक्न निषेध गरिएको ठाउँमा बस रोकिएपछि ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा सह(चालक लामाले ५ सय रुपैयाँ दिएर ट्राफिक प्रहरीलाई फकाउन खोजेका थिए । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी प्रभाव कलंकीमा बुझाइएको छ ।