आजको राशिफल

विसं.२०७७ साल मंसिर २५ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–दशमी, ०६ घडी ४८ पला, बिहान ०९ बजेर २८ मिनेट उप्रान्त एकादशी । नक्षत्र– हस्त, ०४ घडी ०० पला, बिहान ०८ बजेर २१ मिनेट उप्रान्त चित्रा । योग–सौभाग्य, २७ घडी ४३ पला, बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त शोभन । करण– भद्रा, बिहान ०९ बजेर २८ मिनेट उप्रान्त बव, बेलुकी ०८ बजेर २० मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या, बेलुकी ०७ बजेर ३३ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५६ पला । गुहेश्वरी यात्रा  ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला, ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढि नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा अविश्वासको वातावरण सिर्जना हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाईलो यात्रा तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): व्यावसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । विद्यामा अरुभन्दा पछी परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा गिरावट आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला, गन्तव्यमा पुग्न केही कठिनाईको सामना गर्नुपर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । फेसनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): लामो संघर्ष पछिमात्र उपलब्धी हात लाग्ने समय रहेकोले काम गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ भने नयाँ काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । पढार्इ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ । माया प्रेममा नजिक भएपनि आत्मियताको कमी महसुस हुनेछ । आफन्त तथा अग्रजहरुसँग मनमुटाव बढ्ने तथा साथी भाइले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ ।  

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरु बीचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रसङ्गमा चिसोपनले जरा गाड्नेछ, ख्याल गर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतीमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । विद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैंतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत् मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): मानसम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ । तरपनि अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरीको यात्राको तय हुनेछ ।
 
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा मार्फत् मनग्गे लाभ लिन सकिनेछ । स–सानो लगानी गर्दापनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): ऋण, रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । प्रेम प्रसङ्गगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग स–साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला, आजको दिन मध्ययम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।
 
तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १२ फागुन । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित सडकमा एचआर ३८ भी २०२१ नम्बरको भारतीय डिब्बा ट्रकमा ग १२ प

काठमाडौँ, १२ फागुन । नेपालमा आजसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा

दाङ, १२ फागुन । दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको मृत्यु भएको  छ । घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै

काठमाडौँ, १२ फागुन । लुकाइछिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई प्रहरीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021