पाँचथरमा एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति

पाँचथर, २४ मंसिर । पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । 

आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, २४ फागुन । ललितपुरको महाँकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकाले अन्तरपालिका सहकार्य तथा समन्वय गर्ने भएका छन् । दुबै

भक्तपुर, २४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. २ साविक बालकोट गाउँ विकास समिति वडा नं. १ मा रहेको कित्ता

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भइरहेका महिला हिंसा, विभेदका घटनाप्रति सरकारले कडा नीति अवलम्बन गरेको भए

काठमाडौँ, २४ फागुन । काठमाडौँबासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021