जनकपुर विमानस्थलको पाँच दशक पुरानो स्वरूप फेरियो: नयाँ टर्मिनल भवन सञ्चालनमा

काठमाडौँ, २४ मंसिर । जनकपुर विमानस्थलको पाँच दशक पुरानो स्वरूप फेरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार सो विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर उद्घाटन गरेसँगै नयाँ स्वरूप सञ्चालनमा आएको छ ।

छ कट्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरको टर्मिनल भवन र छ तले कन्ट्रोल टावर निर्माण गरिएको जनकपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कुल ४२ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त टर्मिनल भवन छ सय यात्रु रहन सक्ने क्षमताको छ । साथै ८० वटा कार र १५० मोटरसाइकल पार्किङ सुविधा तथा ३५ सुरक्षाकर्मीका लागि आवास गृहसमेत निर्माण गरिएको छ ।

आठ वर्षअघि २०६९ कात्तिकमा १८ करोड रुपियाँको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले उक्त टर्मिनल भवन शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो । प्राविधिक समस्या तथा रकम अभावका कारण टर्मिनल भवन निर्माण कार्य लम्बिएको हो ।

उद्घाटन समारोहमा मन्त्री भट्टराईले अन्तरप्रदेश सञ्जाल बढाउन सरकारले टर्मिनल भवन निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले यसको स्वामित्व सङ्घीय सरकारमा भए पनि तीनवटै सरकारको समन्वय र सहयोगले यसको निर्माण कार्य पूरा भएकोमा खुसी व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले आउने दिनमा यसलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न नयाँ अत्याधुनिक टर्मिनल भवन तथा कन्ट्रोल टावरले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा एक हजार छ सय मिटरको धावन मार्ग निर्माण र जग्गाको व्यवस्थापन गर्न उहाँले स्थानीय सरकारसँग आग्रह पनि गर्नुभयो । २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म सेवा दिइँदै आएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन

काठमाडौँ, १६ फागुन । कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ ।  गैरआवासीय नेपाली संघका

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल समूहका नेता रघुजी लैंगिक हिंसाजन्य’ टिप्पणीले यतिबेला विवादमा तानिएका छन् । पन्तले लोकगायिका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021