आजको मौसम

काठमाडौँ, २४ मंसिर । अहिले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पूर्वी भूभाग र प्रदेश २ मा आंशिक बदली रहेको र बाकी ठाउँको मौसम भने सफा रहेको छ । दक्षिणपूर्वी अरबियन सागर र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकोले केही ठाउँको मौसम बदली भएको हो । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १ र वाग्मती  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भूभाग र सुदूर पश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ । अबको २४ घण्टामा देशका धेरै ठाउँको तापक्रम घट्ने सम्भावना रहेको छ । यस्तै आज काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम १० दशलमव २ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको छ । अहिलेको तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021