‘प्रचण्ड एक सहिदलाई १० लाखमा बेच्ने व्यापारी’

prachanda

देबेन्द्र पोखरेल ‘सुजित’

१. प्रचण्ड नेता होइन ब्यापारी हो । जनयुद्धका घाइते सहिद र लडाकुहरुलाई ८-१० लाखमा बेच्ने सफल व्यापारी हो । ३-४ हजार लाई १८-२० हजार बनाएर नक्कली लडाकुको पैसा कुम्ल्याउने महान क्रान्तिका नायक सुप्रीमो हो ।

२. माधव र प्रचण्ड केपी ओलीको बिकल्प हुनै सक्दैन । यिनिहरुको नैतिक आधार नै छैन ।

३. माधव नेपालले टीका लगाएर अध्यक्ष बनाएको होइन केपी ओलि महाधिवेशनमा चुनाव जितेर आएका हुन् । तिनका जाल झेल चुनौतीलाई जितेर आएका हुन ।

४. अब तुरुन्त एमालेको भेला डाक्नुपर्छ । भेलामा नआउने वा बिरोध गर्नेलाई पार्टीबाट निष्काशन गरेर अघि बडनुपर्छ ।

५. स्थिरता र विकास बिरोधी तथा भ्रष्टाचारिका नाइके वा संरक्षकहरुलाई तुरुन्तै कार्बाहीको प्रकिया अघि बढाउनुपर्छ ।

६. आवश्यक परे संकटकाल लगाएर सांसद विघटन गरेर भए पनि अगाडि बढ्नु पर्छ ।

७. अराजकताको आरोप झेलियो । अब कथाले माग्यो भने साच्चै अराजक बनेर भए पनि चुनौतीको सामना गर्नुपर्छ ।

८. प्रचण्ड पूर्वमाओवादी नेता-कार्यकर्ता मात्र नेता हुने हो भने किन नेकपा हुन पर्यो ? माओवादी केन्द्र भए हुन्छन त.. यदि नेकपा को कार्यकारी अध्यक्ष नै हुने हो भने सबै को मन जित्ने काम गर । ओली, माधव होइन सिङ्गो एमाले नेता कार्यकर्ताको मन जित्नु पर्छ ।

९. ब्यवसाय गरेर पैसा कमाउने दलाल कि ब्यवसाय नगरी राजनीति मात्र गरेर अकुत सम्पती कमाउने दलाल ?

१०. उत्तम बिकल्प महाधिवेशन र चुनाव नै हो । आफ्नो क्षमता र हैसियत प्रमाणित त्यहीबाट हुन्छ । महाधिवेशन र चुनावबाट भागेर कुन विधि र सिद्धान्तको सुगा रटाइ गरेको ?

(लेखकः मदन भण्डारी फाउन्डेसन नवलपरासी जिल्ला कमिटी सचिवालय सदस्य तथा बर्दघाट इन्चार्ज तथा नेकपा बर्दघाट नगर कमिटी सचिवालय सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई