बुद्ध र यतीमा एउटा टिकट किन्दा अर्को सित्तैमा

काठमाडौँ, १४ मंसिर । माउन्टेन फ्लाइट अब सञ्‍चालन हुने भएको छ । निजी क्षेत्रका दुई ठूला कम्पनी बुद्ध एयर र यति एयरले माउण्टेन उडानको मिति तय गरेका छन् । शनिबार बुद्धले लकडाउनयता परीक्षणका रुपमा पहिलो उडान गरेको छ ।

अब हरेक शनिबार नियमित माउन्टेन फ्लाइट हुने कम्पनीले जनाएको छ । बुद्ध एयरका अनुसार २० मंसिरबाट शनिबार बुद्धको जहाज माउन्टेन फ्लाइटमा उड्नेछन् । काठमाडौं विमानस्थलबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरसहित हिमश्रृङ्खलाको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

खासगरी पदयात्रामार्फत हिमालमा पुग्न नसक्ने र आकासबाट पर्वतीय दर्शनको अनुभव लिन चाहनेका लागि आकर्षक प्याकेज ल्याइएको कम्पनीले जनाएको छ । बुद्ध एयरले एक माउण्टेन फ्लाइट टिकटको भाडा ८ हजार ९ सय तोकेको छ । यो मूल्यमा अब थप अर्को टिकट उपलब्ध हुनेछ । झ्यालसहितको टिकट खरिद गरेका यात्रुले सँगैको सिट सित्तैमा उपलब्ध गराउने घोषणा गरेको छ । यो अफर नेपाली नागरिकको हकमा मात्र उपलब्ध हुने भएको छ ।

उता, यती एयरले समेत अब २० मंसिरबाट हरेक शनिबार माउण्टेन फ्लाइट शुरु गरेको एउटा टिकट किन्दा अर्को सित्तैमा दिने गरी अफर ल्याएको छ । झ्यालको टिकट किन्दा अर्को सँगैको सिट सित्तैमा दिने घोषणा यतीले समेत गरेको छ । कम्पनीका अनुसार यो अफर नेपाली नागरिकका लागि मात्र उपलब्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा