थप तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, १३ मंसिर । रुपन्देही, कपिलवस्तु र गोरखा एक-एक गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको शुक्रबार राति ११स्२५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनी मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।

यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको शुक्रबार राति १०ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। गौतमले बताए । उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२० र कपिलवस्तुमा १८ पुगेको छ ।

कोरोना संक्रमणबाट गोरखा नगरपालिका–६ की ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । उपचारको क्रममा शुक्रबार बेलुकी साढे आठ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ८ गते उनी अस्पताल भर्ना भएकी थिइन् । मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो । अस्पतालका अनुसार उनी विगत दश महिनादेखि हिँडडुल गर्न नसक्ने अस्पताल आउँदा उनी अवस्था निकै कमजोर र निमोनिया र उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ६ वैशाख । कोशी प्रदेशसभाको बैठकमा आज नेकपा एमाले र माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव पेस हुँदैछ ।

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

धनगढी, ६ वैशाख । एमालेले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन अन्योलमा परेको छ ।