जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

रुकुम पश्चिम, १३ मंसिर । आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ दाजेबाट १०र१२ जना जन्ती बोकेर घारीखोला फर्किरहेको रा.१ ज ५८९ नम्बरको जीप दाजेमा दुर्घटना हुँदा सोही नगरपालिका ८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा वडा नं। ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन । उनलाई उपचारको लागि आठबीसकोट नगर अस्पताल लगिएको छ । जीप चालक वडा नं. ९ का डिल्लीबहादुर नेपाली फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।