काठमाडौँ, ११ मंसिर । थप १६ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ७९ सय ३ जना रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ६२०, मोरङमा १५३, ललितपुरमा ११४, झापामा ७६, चितवन र दाङमा ५२/५२, भक्तपुर र नवलपरासी पूर्वमा ५१/५१, सुनसरीमा ४५, रुपन्देहीमा ४१, कास्कीमा ४० जना संक्रमित भेटिएका छन् ।
त्यस्तै बाँकेमा २३, कैलालीमा २८, बझाङमा १९, मकवानपुरमा १७, काभ्रेमा १५, कञ्चनपुरमा १४, तनहुँ, अर्घाखाँची र पाल्पामा ११/११, बर्दियामा १०, सिन्धुपाल्चोकमा ९, गोरखा र स्याङ्जामा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।
सप्तरी, धादिङ, गुल्मी, नवलपरासी र रोल्पामा ७/७, उदयपुर, बाग्लुङ र डडेल्धुरामा ६/६, धनकुटा, धनुषा, सर्लाही, रामेछाप र सुर्खेतमा ५/५, महोत्तरी, सिराहा, दोलखा, नुवाकोट, सिन्धुली, दैलेख र सल्यानमा ४/४ जना संक्रमित भेटिएका छन् ।
पाँचथर, भोजपुर, बारा र प्युठानमा ३/३, इलाम, खोटाङ र संखुवासभामा २/२, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रौतहट, रसुवा, पर्वत, कपिलवस्तु, जुम्ला, रुकुमपश्चिम, अछाम र बैतडीमा १/१ जनामा कोरोना भाइरस संत्रमण भएको मन्त्रालयले जनाएको छ ।