आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, १० मंसिर । थप १९ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा थप १९ सय ४८ जनामा कोरोना पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७ जना छन् ।

झापाका १९३ जना, कास्कीका ९०, चितवनका ८२, मोरङका ७२, सुनसरीका ५३, दाङका ५१, धनुषाका ४८, रुपन्देहीका ४७, मकवानपुरका ३७, काभ्रेका ३१, गुल्मीका ३०, संखुवासभाका २८, पाल्पाका २५, सिराहाका २०, इलाम र नवलपुरका १९/१९ जना, नवलपरासी र बाँकेका १७/१७ जना, तनहुँका १५, गोरखाका १४, महोत्तरी, स्याङ्जा, दार्चुला र बैतडीका १३/१३ जना, बाग्लुङका १२ र सप्तरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुर, सर्लाही, सिन्धुपाल्चोक, लमजुङ, कपिलवस्तु र प्युठानका ८/८ जना, पाँचथरका ७, पर्वत र डडेलधुराका ६/६ जना, नुवाकोटका ५, दोलखा, सिन्धुली, अर्घाखाँची, बर्दिया र बाजुराका ४/४ जना, भोजपुर, पर्सा, बारा, रौतहट, धादिङ, रामेछाप, म्याग्दी, रोल्पा र कैलालीका ३/३ जना, खोटाङ, तेह्रथुम, जुम्ला, अछाम र डोटीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, रसुवा र कञ्चनपुरका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । काठमाडौँको टेकुस्थित कालोपुल नजिकैबाट लागूऔषधसहित तीनजनालाईप्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार राति बा २

सप्तरी, १५ माघ । सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका

काठमाडौँ, १५ माघ । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । शवको प्रारम्भिक अनुसन्धानमा

मनाङ, १५ माघ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन । आगोले बृहत् रूप