काठमाडौँ, ९ मंसिर । थप १७ सय ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा थप १७ सय ९० जनामा कोरोना पुष्टि भएको हो । आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २७ सय ९१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४ हजार ८ सय ५८ जना रहेको छ । आज २४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ६१ जना पुगेको छ ।