एनआईसीको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने

काठमाडौँ, ९ मंसिर । एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते) अन्तिम दिन हो । मंसिर २१ गते वार्षिक साधारण सभा बोलाएको बैंकले बुधबारबाट मंसिर २१ गतेसम्म ‘बुक क्लोज’ गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।

बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । अधिकृत पुँजी ९ अर्ब ७२ करोड रुपैयाँबाट बढाएर ११ अर्ब ५७ करोड रुपैयाँ पुर्याउने बैंकको एजेन्डा छ ।

बैंकको साधारणसभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट हुँदैछ । आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रभावशाली नेतृ नविना लामाले कुर्सी र सत्ता स्वार्थका कारण पार्टीमा विवाद उत्पन्न

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई

काठमाडौँ, १५ माघ । थप २ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ५

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रा कार्यकर्तालाई जंगलमा राखेर आफु दिल्लीमा बसेको बताएका