काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य घटेर ९२ हजार ५ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।