आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ६ मंसिर । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४४ नमुना परीक्षण गर्दा १६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ८९९ संक्रमित थपिएका छन्, उनीहरुमध्ये काठमाडौँका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।

कास्कीका ७५ जना, चितवनका ६१, झापा र रुपन्देहीका ५७/५७ जना, काभ्रेका ५६, तनहुँका ४४, कैलालीका ४०, बाँकेका ३९, कपिलवस्तु र नवलपरासीका ३३/३३ जना, नवलपुरका २८, मकवानपुरका २५, पाल्पाका १९, धादिङका १८, बर्दियाका १७, धनुषाका ११, दाङका १०, गोरखाका ९ र नुवाकोटका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका ७/७ जना, पर्वत, डडेलधुरा र बझाङका ६/६ जना, सुनसरी, बारा र लमजुङका ५/५ जना, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख र सल्यानका ४/४ जना,महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका ३/३ जना, उदयपुर, सप्तरी र सिन्धुलीका २/२ जना तथा खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट

काठमाडौँ, ९ मंसिर । प्रभु बैंक लिमिटेडले ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार

काठमाडौँ, ९ मंसिर । एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित

काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य घटेर ९२