उम्रिदैको तीन पातेः भविष्य अन्धकार बन्ने देखेपछी धम्कीपूर्ण अभिव्यक्ति

काठमाडौँ, २९ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेतृत्वमा चरम गुटवन्दीको अवस्था मात्र नभई एकता भंगहुने सम्मको स्थिती बनिरहेको छ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र जनताको हितमा व्यतित गर्नुपर्ने समय नेकपाभित्र गुट र उपगुट तथा देशी विदेी तत्वहरुको इसारामा कुर्सीको लडाई तिव्र वनेको छ ।

हिजो आफ्नो नेतृत्व कालमा गरेका हजारौं गल्ती र कमजोरीलाई छोप्न तथा कानुनी कारवाहीको दायरामा आउने डरले नेकपामा शक्ति संघर्ष उत्कर्षमा पुगेको आम जनताले स्पष्ट बुझेका छन् । त्यती मात्र हैन, भारतीय ग्राण्ड डिजाईनमा प्रधानमन्त्री बन्ने र्याल काड्दै विगतमा असफल नेतृत्वको गुटवन्दीले मुलुकमा अस्थिरताको कालो बाटो पुनः शुरु हुने संकेत देखा पर्न थालेको छ ।

नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको विवाद उत्कर्षमा पुगेको हो । यसमा कार्यकारी अध्यक्षले नेतृत्व गर्नुभएको गुटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ रहनुभएको छ । जसको नेतृत्व इतिहासमा नै असफल भइसकेको छ । जनताले वुझेका छन् ।

तर पनि जनताको आँखामा करिङ्गर हाल्न उक्त गुटका नेतृत्वका साथमा केही भर्खरै टिका लगाएर संगठनको नेतृत्व पाएका राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दिपशिखा एक मुख्य पात्रको रुपमा स्थापीत हुनुभएको छ । आफ्नो अस्थित्वलाई विर्सिएर कहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री त कहिले आफ्नै संगठनका इन्चार्जलाई समेत अपमानित तथा धम्कीपूर्ण अभिव्यक्तिहरु सार्वजनिक गर्न थाल्नुभएको छ । जसबाट के प्रष्ट हुन्छ भने विगतमा तत्कालिन माआवोदी केन्द्रले युद्धको समयमा नेता तथा जनतालाई दिएको धम्कीकै झझल्को आउन थालेको छ । त्यस कारण खै लोकतन्त्रको स्थापना ? लोकतन्त्रमा धम्की दिने मात्र व्यवसाय हो ? त्यसैले उहाँको अभिव्यक्तिलाई स्पष्ट बुझन सकिन्छ कि उहाँ उम्रिदैको तीन पाते हुने लक्षण देखिएको छ । जसको भविष्य भनि अन्धकार हुन सक्छ ।

नेकपाको स्थायी कमिटीका सदस्य समेत रहनुभएका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको सचिवायल बैठकमा कार्यकारी अध्यक्षले एकलैटी रुपमा प्रस्ताव प्रस्तुत गर्नु विधि र विधान विपरित भएकाले उक्त प्रस्ताव फिर्ता लिन अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डकै कारण पार्टी संकटमा पुगेको समेत स्पष्ट पार्नुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगीन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु ।’

मुख्यमन्त्री पोखरेलको उक्त अभिव्यत्तिलाई लिएर दिपशिखाले पुनः धम्कीपूर्ण अभिव्यक्ति दिनु युवा नेतृत्वबाट आम नागरिकले के आशा गर्ने ? प्रश्न चिन्ह खडा भएको छ । संयोजक दिपशखिाले लेख्नुभएको छ, ‘पार्टी एकतापश्चात पार्टी अध्यक्ष कमरेड ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानी फिर्ता लिने हो र आत्मआलोचित भएर पार्टी निर्णय र सामूहिकतालाई स्विकार्ने सार्वजनिक स्वीकारोक्ति गर्ने हो भने प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिनुस् भन्न मिल्छ होला नत्र बैठकमा प्रवृत्तिगत विषयहरुमा छलफलका लागि गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुमात्रै पनि अराजनीतिक र असांगठानिक कुरा हो ।

अर्को विषय, पार्टी र सरकारले बैठकका निर्णयहरु मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागी विषयहरु प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु र भ्रममा पार्नु (धम्क्याउन) हो । भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस् । पार्टी कमिटीमा प्रस्तुत विषय कमिटिमै छलफल हुनदिऊँ । जिम्मेवारहरुले फुटको धम्कि नदिऊँ ।’

यसबाट के प्रष्ठ हुन्छ भने पार्टी फुटेमा प्रचण्डको नेतृत्वमा आगामी निर्वाचनमा जनताले विश्वको मत दिने सम्भावना छैन । जसको लागि प्रधानमन्त्री केपी ओलीको इसारा लिनै पर्ने तर प्रधानमन्त्री ओलीको जनमूखी कदमले आफ्नो भविष्य समेत अन्धकार हुने भएपछि जनमूखी काम गर्नेलाई लत्याउनु अध्यक्ष प्रचण्डको विशेष रणनीति रहेको छ । किन भने राम्रो काम गरे भविष्यमा आफ्नो इतिहासमा कालो पातोले पोतिने देखेपछि कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई हटाउने खेल शुरु भएको छ । जसको मुख्य पात्रको रुपमा संयोजक सापकोटा रहनुभएको छ ।

जुन खेलले पार्टी एकता मुलुक र जनताको हितको लागि नभई आफ्नो विगतका हविगतलाई लुकाई आफ्नो भ्रष्टाचार, अनियमितता, शिविर घोटलालगायतका असंख्य कालो कुर्ततहरुलाई ढाछोप गर्न र राष्ट्रियतालाई तहसनहस पार्न नेतृत्व उद्धत रहेको देखिन्छ ।

संयोजक दिपशीखाले संगठनको एकताको महाधिवेश तथा पार्टीको महाधिवेशनमा जाँदा आफ्नो कुनै पनि ठाउँमा सुरक्षित हुने अवस्था नदेखेपछि पार्टी तथा संगठनमा भाँडभैलो गर्न रातदिन लागिपरेको संगठनका एक केन्द्रीय नेताले जानकारी दिनुभयो । नेतृत्वमात्र रहेको जनता नरहेका कारण आगामी दिन अन्धकार बनेकोले महाधिवेशनमा नजाने र अहिले जसरीनै नेतृत्वमा रही हालिमुहाली गरिरहने सोचका साथ पार्टी भित्र प्रपन्ज रचिएको समेत ति नेताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी

काठमाडौँ, ९ मंसिर । बीबीसीले आज सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको छ । बेवारिसे शव व्यवस्थापन

तुलसीपुर, ९ मंसिर । दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो निर्माणको काम सुरु गरिने भएको छ । उक्त

काठमाडौँ, ९ मंसिर । कोरोना भाइरसको खोप बनेको समाचार दैनिक रुपमा आइरहेका छन् । खोप बनेसँगै त्यसको अन्तिम परीक्षण गर्ने र