छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ, २५ कार्तिक ।  मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियास्थित सडकमा रा.१ ख १६९३ नम्बरको टिपरले लु.२९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका-११ थुनिया बस्ने ४९ वर्षीय सुरेश तेलीको मृत्यु भएको हाे ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको हरिनगर गाउँपालिका-३ गौतमपुरस्थित सडकमा को.२ त ९५८९ नम्बरको ट्याक्टर विद्युतको पोलमा ठोक्किँदा रामधुनी नगरपालिका-१ बस्ने १७ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका