काठमाडौँ, २५ कार्तिक । काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ ।
मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ छत्रदेउराली केन्द्र रहेर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।