काठमाडौँ, २५ कार्तिक । थप २७ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा २७ सय ३६ जनामा कोरोना पुष्टि भएको हो । आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ सय ३५ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ८ सय ५३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना रहेको छ । आज २२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११ सय ४८ जना पुगेको छ ।