थप चार जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २५ कार्तिक । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाका दुईजना, दाङका एकजना र चितवन मेडिकल कलेजमा एक जना गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कार्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको र सोही दिन साँझ ६ बजे कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका( ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए । सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टि भएको तीन घण्टापछि अर्थात् गएराति सवा ८ बजे उनको मृत्यु भएको हो ।

यता दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । सोमबार बिहान अस्पताल भर्ना भएको उनको गएराति साढे ९ बजे मृत्यु भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको हो ।

बाँकेका अस्पतालहरुमा बाहिर जिल्लाबाट उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३२ पुगेको कोभिड संकट व्यवस्थापन केन्द्र बांकेले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट चितवनका एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका १९ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाँ, सुगर, प्रेसरसम्बन्धी समस्या भई कात्तिक १९ गते अस्पताल भर्ना भएका उनको २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

कोभिड आईसीयू कक्षमा उपचाररत उनको गएराति ८स्१८ बजे मृत्यु भएको प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको मर्मतको कामलाई पनि तीव्रता

काठमाडौँ, १९ फागुन । आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट नेपाल टेलिकमले नगद लाभांश प्रस्ताव गरेको छ । प्रतिशेयर ४० रुपैयाँका

काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसले शुक्रबारका लागी संसदीय दलको बैठक बोलाएको छ । मुख्य सचेतक बालकृष्ण खाँडका अनुसार फागुन २३

काठमाडौँ, १९ फागुन । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021