काठमाडौँ, २५ कार्तिक । प्रहरीले जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ ।
सोमबार साँझ नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु–२ शेरीस्थित नारायणजङ्घ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा मध्यविन्दु–७ का ३० वर्षीय भवानीशङ्कर थनेत, ३१ वर्षीय कृष्ण कुमाल, मध्यविन्दु–१ का ४३ वर्षीय खोरबहादुर चौधरी, मध्यविन्दु–२ का ३७ वर्षीय सुनबहादुर आलेमगर, ५३ वर्षीय हेमलाल थनेत, ३३ वर्षीय उदय उप्रेती र ४५ वर्षीय पदम रानालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले मध्यविन्दु–७ का ३० वर्षीय भवानीशङ्कर थनेत, ३१ वर्षीय कृष्ण कुमाल, मध्यविन्दु–१ का ४३ वर्षीय खोरबहादुर चौधरी, मध्यविन्दु–२ का ३७ वर्षीय सुनबहादुर आलेमगर, ५३ वर्षीय हेमलाल थनेत, ३३ वर्षीय उदय उप्रेती र ४५ वर्षीय पदम रानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।