३० फरार प्रतिवादी पक्राउ

तनहुँ, २५ कार्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका ४ का ३० वर्षीय अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । उनीमाथि उच्च अदालत पाटनको २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दामा २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका ६, कुटपिट मुद्दाका ६, २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुई र चोरी मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरिएको छ । त्यस्तै लुटपाट मुद्दामा एक, जालसाजी मुद्दामा एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका एक र गाली बेइज्जती मुद्दाका दुई गरी जम्मा ३० जनालाई पक्राउ गरिएको प्रनाउ तिमिल्सेनाले जानकारी दिए ।

पक्राउ परेकाबाट हुन आउने कैद एक महिना १८ दिन र जरिवाना तीन लाख ३७ लाख ९५० रुपैयाँ जरिवाना असुल भएको छ । उक्त कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सचिव श्रृङ्गलाले आज

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताएका छन् । बालुवाटारमा आज

काठमाडौँ, ११ मंसिर । भारत विदेशसचिवस्तरीय बैठक सुरु भएको छ । दरबारमार्गस्थित याक एण्ड यति होटलमा शुरु भएको उक्त विदेशसचिवस्तरीय

काठमाडौँ, ११ मंसिर । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले आज नेपाल आएका छन ।  उनले  काठमाडौं विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिदै उनले