काठमाडौँ, २५ कार्तिक । आज देशका धेरै ठाउँको मौसम सफा नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पारिलो घाम लाग्ने छ । पश्चिम पहाडी क्षेत्रका एकरदुई ठाउँमा भने आंशिक रुपमा मौसम बद्ली हुने छ ।
अन्य क्षेत्रको मौसम भने अबको एकरदुई दिन सफा नै रहने महाशाखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस मापन गरिएको छ । यो हिजोको भन्दा १ डिग्री सेल्सियसले बढी हो । बिहान बेलुका चिसो बढे पनि दिउँसोको समयमा आज घाम लाग्नेछ । काठमाडौँको अधिकतम तापक्रम आज २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान छ ।