शीर्ष तहमा गएका नेतृत्वहरू प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन : नेता नेम्वाङ

काठमाडौँ, २४ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शिर्ष तहमा पुगेका नेतृत्वले प्रधानमन्त्री नै हुनुपर्छ भन्ने नभएको बताउनुभएको छ ।

गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जन आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता नेम्वाङले गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध सफलता हासिल भएको बताउनुभयो । अहिले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरूले राजनीतिलाई पेसाका रुपमा लिने गरेको भए पनि सिंहले राजनीतिलाई सधैँ सेवाको रुपमा लिने गरेको नेम्वाङले स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले राजनीतिमा लागेकाहरूको बीचमा पदमा पुग्नुपर्छ । अझ शीर्ष तहमा गएकाहरू प्रधानमन्त्री हुनुपर्छ । (कसैप्रति टिप्पणी गर्न खोजेको होइन) प्रधानमन्त्री पनि एक पटक भएर पुग्दैन पटक–पटक हुनुपर्छ भन्ने छ । (कसैप्रतिको टिप्पणी होइन) तर म आफै आग्रह गर्ने गर्छु, राजनीति पेसा होइन, सेवा हो । त्यति बेला गणेशमानजीले व्यवहारमा गरेर देखाउनुभयो । आफू प्रधानमन्त्री हुनुभएन । आफ्ना साथीभाइलाई बनाउनुभयो । त्यसैले धेरै प्रधानमन्त्रीहरू भन्दा अगाडि उहाँको सम्झना गरिन्छ । उहाँको नाम अगाडि आउँछ । सम्मान प्राप्त गर्न प्रधानमन्त्री नै हुनुपर्छ भन्ने नरहेछ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ ।’

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सिंहले सङ्गठनरसरकारमा जहाँ भए पनि आफ्नो फरक मत राखे पनि लोकतन्त्र र राजनीतिक दल कमजोर हुने काम कहिले नगरेको बताउनुभयो । पार्टीले गरेका हरेक निर्णयहरु स्वीकार गर्ने सिंहको क्षमता र खुबीलाई आजका नेता कार्यकर्ताहरूले सिक्न जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्गठन वा सरकारमा जहाँ भए पनि उहाँले फरक मतको रुपमा आफ्नो विचार राख्नुहुन्थ्यो तर उहाँले लोकतन्त्र र राजनीतिक दल कमजोर हुने कहिले पनि काम गर्नुभएन । पार्टीको निर्णय स्वीकार गर्ने उहाँको क्षमता र खुबीलाई आजको नेता कार्यकर्ताले सिक्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले

काठमाडौँ, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विश्वभर नै अर्थतन्त्र

चितवन, १३ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सत्तारुरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी दिनमा पुस्तान्तरणको