काठमाडौँ, २४ कार्तिक । थप २५ सय ७१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा २५ सय ७१ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १७ सय ९८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११ सय २६ जना पुगेको छ ।