कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु

विराटनगर, २४ कार्तिक । मोरङमा कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु भएको छ ।

केराबारी गाउँपालिका –३ मा ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको हो । केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरूषको आइतबार र उनको ५७ वर्षीय भाइको १८ कार्तिकमा मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाइको मृत्युले शोकमा डुबेको परिवारमा दाजुको मृत्युपछि थप शोक थपिएको छ । आइतबार मृत्यु भएका ५९ वर्षीय पुरूषमा ७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । दसैंको टीकाको दिनयता उनी अस्पतालमा थिए । उपचारका क्रममा आइतबार बिहान करिब ९ बजे विराट मेडिकल कलेजमा उनको मृत्यु भएको हो । उनलाई सुरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा बेड खाली नभएपछि विराटमा भर्ना भएका थिए ।

मृतकका ५७ वर्षीय भाइमा भने ५ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा १८ कात्तिकमा मृत्यु भएको हो । कोरोना संक्रमणका कारण मृत्यु भएका उनी शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले

काठमाडौँ, ३१ वैशाख । कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको

काठमाडौँ, ३० वैशाख । बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पनि दलले बहुमतको सरकारको लागि दाबी पेश नगरेको राष्ट्रपति

काठमाडौँ, ३० वैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन केपी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021