देशको नाम नेपाल नै हो, विशेषण जोड्न जरुरी छैन : मन्त्री ज्ञवाली

काठमाडौँ, २४ कार्तिक । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले नयाँ संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको बताए । उनले भने, ‘नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन ।’

उनका अनुसार नयाँ संविधान जारी गरेपछि औपचारिक रुपमा नेपालको नाम नै परिर्वतन गर्ने निर्णय भएको छ कि भनेर खोजी पनि गरिएको थियो । तर देशको नाम परिर्वतनबारे कुनै निर्णय नभएको र संविधानमा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नभनिएको उनले प्रष्ट पारे ।

कतिपयले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, कतिपयले नेपाल मात्र लेख्ने गरेकाले एकरुपता ल्याउन सरकारले नेपाल मात्र लेख्ने निर्णय गर्नु परेको उनले प्रष्ट पारे ।

परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘यसलाई पोलिटिकल सिस्टमसँग जोडेर कतै सरकारले पोलिटिकल सिस्टममाथि नै प्रश्न उठाउन खोजेको हो कि रु अथवा सरकारको संघीयता लोकतान्त्रिक गणतन्त्रको निष्ठामा कमी आउन खोजेको हो कि भन्ने अर्थ लगाउनु अनुचित हुन्छ । सिद्धान्त, नीति वा प्राज्ञिक बहसमा कसैलाई संघीयता मन पर्न सक्ला, कसैलाई मन नपर्न सक्ला । पक्ष विपक्षमा टिकाटिप्पणी गर्ला । त्यो उसको व्यक्तिगत कुरा हो । तर संघीय लोकतान्त्रिक गणतन्त्र व्यक्तिगत यथार्थ हो, यसलाई कसैले पनि परिर्वतन गर्न सक्दैन । त्यसमाथि त्यो पोलिटिकल सिस्टम परिर्वतनका लागि दुई तिहाई बहुमतले संविधान संशोधन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको