प्रम ओलीद्वारा शिलान्यास गरिका २८ परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढ्दै

काठमाडौँ, २४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजना प्रमुखसँगको निरन्तर प्रगति समीक्षा तथा परियोजनाको अनुगमन र सहजीकरण गर्दा शिलान्यास गरिएका ती परियोजना अगाडि बढ्न सम्भव भएको जनाइएको छ । ओली दोस्रो कार्यकालका लागि २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका थिए । 

दोस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले अहिलेसम्म २८ वटा परियोजनाको शिलान्यास गरेका छन् । शिलान्यास गरिएका परियोजना सफल रूपमा अगाडि बढेको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । प्रधानमन्त्री भएपछि उनले महाराजगञ्ज शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन सेन्टर एनेक्स भवनको २०७४ फागुन १८ गते पहिलो शिलान्यास गर्नुभएको थियो । गत कात्तिक १९ गते सो भवनको उद्घाटन उनले गरिसकेका छन् ।

त्यसैगरी २०७४ फागुन २५ गते दोस्रो शिलान्यास गरिएको पाँच सय शय्या क्षमताको वीर अस्पताल सर्जिकल भवनको निर्माण कार्य अन्तिम चरणमा छ । त्यसैगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको मुलुककै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा–सिस्नेखोलाको निर्माण सुरु भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021