थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २३ कार्तिक । थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका पुरुषको शनिबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

शिक्षण अस्पतालले कोरोना आशंकामा कात्तिक १४ मा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । मृतक पुरुषमा एक महिनादेखि जण्डिसको समस्या समेत देखिएको थियो ।

त्यस्तै रुपन्देहीमा ७० वर्षीया कोरोना संक्रमितको महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी महिलाको शनिबार बिहान साढे ५ बजे मृत्यु भएको हो । अस्पतालले शनिबार राति ९ बजे विज्ञप्तिमार्फत ती महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, १३ मंसिर । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।  कोरोनाको जोखिम बढ्दै गएको

काठमाडौँ, १३ मंसिर । रुपन्देही, कपिलवस्तु र गोरखा एक-एक गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल

कालीकोट, १३ मंसिर । जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको

रुकुम पश्चिम, १३ मंसिर । आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ