मुम्बई, २३ कार्तिक । बलिउड अभिनेता सुनील सेट्टीलाई भारतको प्रतिष्ठित अवार्ड ‘भारत रत्न डा. अम्बेडकर’ बाट सम्मानित गरिएको छ ।
उनले कोभिड-१९ कालमा राहत बाँडेर गरेको योगदानका लागि यो पुरस्कारबाट सम्मानित गरिएको हो । उनलाई महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीले शनिबार साँझ राजभवनमा बोलाएर सम्मान गरेका हुन् ।
अवार्डबाट सम्मानित भएपछि सुनीलले भने, “जुन कुरामा ध्यान जान्छ त्यो काम नगर्नुहोस्, तर याद राखिने कामहरु गर्नुहोस्… दिनुहोस तर बिर्सनुहोस्… स्वीकार गर्नुहोस् र सधैं याद राख्नुहोस ।”